+
+
Shares

अर्थमन्त्रीको प्रतिबद्धता– निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न बैंकिङ क्षेत्रसँग सहकार्य हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
  • अर्थमन्त्री वाग्लेले कर्जाको ब्याजदर न्युन र अधिक तरलता हुँदा पनि लगानी विस्तार नहुनु चिन्ताको विषय भएको बताउनुभयो।
  • सरकारले आर्थिक वृद्धि र वित्तीय स्थायित्वका लागि आवश्यक कानूनी तथा प्रक्रियागत सुधार गर्न पछि नहट्ने उहाँले स्पष्ट पार्नुभयो।

१९ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनर्स्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूसँगको छलफलमा अर्थमन्त्री वाग्लेले बजेटमार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको उल्लेख गरे ।

साथै, अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको उनको भनाइ थियो ।

अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ क्षेत्रले नजिकबाट महशुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने उनको भनाइ छ ।

छलफलका क्रममा अर्थमन्त्रीले वर्तमान आर्थिक परिदृश्यका केही विरोधाभासपूर्ण अवस्थाप्रति पनि चासो व्यक्त गरेका थिए ।

‘कर्जाको ब्याजदर ऐतिहासिक रूपमा न्युन हुँदा र बैंकिङ प्रणालीमा अधिक तरलता रहँदा पनि कर्जाको माग बढ्न नसक्नु र लगानी विस्तारमा व्यवसायीहरू हिचकिचाउनु चिन्ताको विषय हो,’ अर्थमन्त्री वाग्लेले भने, ‘सरकार र बैंकिङ क्षेत्रबीचको सम्बन्ध केवल नियामक र नियमित निकायको मात्र नभई साझा राष्ट्रिय जिम्मेवारीको सम्बन्ध हो । आर्थिक वृद्धि, रोजगारी सिर्जना र वित्तीय स्थायित्व हाम्रा साझा उद्देश्य हुन् । जहाँ कानूनी र प्रक्रियागत सुधार आवश्यक छ, त्यहाँ सरकार निर्णय लिन पछि हट्ने छैन ।’

अर्थमन्त्रीले अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकिङ क्षेत्रबीचको समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड पनि दिए । छलफल केवल समस्या पहिचानमा मात्र सिमित नहुने स्पष्ट पार्दै उहाँले प्राप्त सुझावहरूलाई कार्यान्वयनको ठोस मार्गचित्रमा ढालिने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?