News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा सांसद हरि पन्तले इन्धन आपूर्तिमा देखिएको समस्या समाधान गर्न नसक्ने पदाधिकारीले पदबाट राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
- उद्योग तथा वाणिज्य समितिको बैठकमा उनले इन्धनको अन्तर्राष्ट्रिय मूल्य घट्दा उपभोक्ताले राहत नपाउने अवस्थाबारे गम्भीर प्रश्न उठाउनुभएको छ ।
- सांसद पन्तले जनतालाई सास्ती दिने प्रवृत्तिको आलोचना गर्दै जिम्मेवार निकायका पदाधिकारीहरूलाई जिम्मेवारीबोधका साथ काम गर्न निर्देशन दिनुभएको छ ।
१९ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि (बुद्धिप्रसाद) पन्तले इन्धन आपूर्ति असहजबारे समितिमा पटक–पटक छलफल भए पनि समस्या समाधान नभएको प्रति असन्तुष्टि जनाएका छन् ।
प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मंगलबारको बैठकमा उनले यस्तो असन्तुष्टि जनाएका हुन् ।
समस्या सुन्ने मात्रै काम भएको तर समाधान ज्युँका त्युँ रहेको भन्दै सांसद पन्तले जनतालाई झुलाएर दुःख दिने प्रवृत्ति राम्रो नभएको बताए ।
अहिलेको सरकारलाई जनताले ठूलो अपेक्षा राखेर मत दिएको भन्दै उनले सरकारलाई कही कतैबाट असहयोग गरी असफल पार्न तिर लाग्यो भने त्यो क्षम्य नहुने बताए ।
काम गर्न नसक्ने भएमा सम्बन्धित निकायका पदाधिकारीहरूलाई पद छाड्न उनले आग्रह गरे ।
उनले भने, ‘हामी सबै जिम्मेवार बन्नु पर्छ । माननीय मन्त्रीज्यू पनि जिम्मेवार बन्नु पर्छ । आयल निगम पनि जिम्मेवार बन्नु पर्छ । सचिवज्यूहरू पनि जिम्मेवार बन्नु पर्छ । सधैं सकिएन भनेर हात टकटकाएर हिँड्ने हैन । अब गर्न सकिँदैन भने हामीले त्यो जिम्मेवारीबाट छोड्दिनु पर्छ । चाहे मन्त्रीज्यूले होस् । चाहे सचिवज्यूले होस् । चाहे आयल निगम पदाधिकारीज्यूहरूले होस् ।’
उनले अगाडि थपे, ‘आपूर्ति सहज गर्न सकिँदैन भने त्यो पदमा किन बसि राख्ने ? प्राकृतिक र भवितव्य रूपमा बाहेक सधैं यही समस्या दोहोरिरहने हो भने सधैं जनताले यही समस्या भोगिरहनु पर्यो भने तपाईं-हामी यो पदमा बसिरहनका लागि योग्य ठहरिदैनौं ।’
सांसद पन्तले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा उपभोक्ताले राहत नपाउने अवस्थाप्रति पनि प्रश्न उठाए ।
उनले भने, ‘आयल निगमलाई र मन्त्रालयका मन्त्रीज्यूलाई पनि भन्न चाहन्छु । यो इन्धन लगायतका वस्तुहरूको अन्तर्राष्ट्रियस्तरमा मूल्य बढ्दा त्यो रेसियोभन्दा बढी मूल्य बढ्छ तर अन्तर्राष्ट्रिय स्तरमा मूल्य घट्दा त्यति मूल्य घट्दैन । जनताहरूले त्यो राहत पाउँदैनन् । यो कसरी भइरहेको छ ? जनतालाई हामीले मूल्य वृद्धिको मारमा पनि धेरै पार्नु हुँदैन । सबै जना मिलेर यो समस्याको समाधान दिऊँ ।’
प्रतिक्रिया 4