News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले थप ६ वटा उपसमिति गठन गर्दै संयोजकहरूको जिम्मेवारी तोकेको छ।
- प्रतिष्ठानका प्रमुख एवं उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले कुल ३१ उपसमिति पुर्याएको छ।
- नयाँ उपसमितिहरूमा अन्तर्राष्ट्रिय सम्बन्ध, उपभोक्ता अधिकार, लैंगिक अल्पसंख्यक, ज्येष्ठ नागरिक, सिमान्तीकृत समुदाय र स्थानीय तह सुशासन रहेका छन्।
२० साउन, काठमाडौं । नेपाली कांग्रेसको नीति प्रतिष्ठानमा थप उपसमिति गठन गरिएको छ । उपसभापति एवं नेपाली कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले थप ६ वटा उपसमिति गठन तथा संयोजकको जिम्मेवारी तय गरेको हो । प्रतिष्ठानअन्तर्गत हालसम्म ३१ उपसमिति गठन गरिएको छ ।
यी हुन् आज थपिएका उपसमिति र संयोजक
(क) अन्तर्राष्ट्रिय सम्बन्ध, समन्वय एवं सामयिक दृष्टि उपसमिति, संयोजक – सुमित शर्मा ‘समीर’
(ख) उपभोक्ता अधिकार, अवस्था र न्याय समन्वय उपसमिति, संयोजक – कैलाश के.सी.
(ग) यौनिक तथा लैंगिक अल्पसंख्यक सम्बन्धी नीति तथा कार्ययोजना उपसमिति, संयोजक – प्रतीक्षा चापागाई
(घ) ज्येष्ठ नागरिक सेवा एवं गरिमा उत्थान उपसमिति, संयोजक – अनुपा श्रेष्ठ
(ङ) सिमान्तीकृत वर्ग र समुदाय: सम्वाद र सशक्तिकरण उपसमिति, संयोजक – नरेन्द्र पासवान
(च) स्थानीय तह सुशासन अध्ययन, अनुगमन तथा नीतिगत सुधार उपसमिति, संयोजक – डोलराज भुसाल
प्रतिक्रिया 4