+
+
Shares

सरकारले किन संशोधन गर्‍यो तथ्याङ्क नियमावली ?

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तथ्याङ्क नियमावली संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते २०:२२

२० साउन, काठमाडौं । सरकारले तथ्याङ्क पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तथ्याङ्क नियमावली संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

नियमावली संशोधनपछि राष्ट्रिय तथ्याङ्क कार्यालयले अनुमति लिएका संस्थाहरूलाई गणना क्षेत्र नक्सा (Enumeration Area Map) उपलब्ध गराउने सक्नेछ । निश्चित शुल्क लिएर यस्तो नक्सा दिने बाटो खुलेको तथ्याङ्क कार्यालयका प्रवक्ता दुण्डीराज लामिछानेले जानकारी दिए ।

जनसंख्याविद् प्रा.डा. योगेन्द्रबहादु गुरुङ गणना क्षेत्र नक्सा अनुसन्धान, सर्वे गर्नेहरूका लागि उपयोगी हुने बताउँछन् ।

त्यस्तै, नियमावली संशोधन गरेर सूक्ष्म कोरा तथ्याङ्क (Micro Data)को शुल्क घटाइएको प्रवक्ता लामिछानेले जानकारी दिए । सूक्ष्म कोरा तथ्याङ्ककाे शुल्क नेपालस्थित विद्यालय/कलेज/विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क ४ हजार रुपैयाँमा ५० प्रतिशत घटाइएको छ ।

त्यस्तै सर्वेक्षणअन्तर्गत नेपालस्थित विद्यालय/कलेज/विश्वविद्यालयका विद्यार्थीका लागि लाग्दै आएको २ हजार ५०० रुपैयाँलाई १ हजार २०० बनाइएको छ ।

नियमावली संशोधनसँगै तथ्याङ्क कार्यालयले तालिम निर्देशिका जारी गर्न पाउने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?