+
+
Shares

ब्लु बस सेवाबाट लैंगिक असमानतालाई प्रोत्साहन गर्ने नीति लिएका हौं : मन्त्री बादी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सिता बादीले महिलाका लागि मात्र सञ्चालित नि:शुल्क ब्लु बस सेवा लैंगिक असमानतालाई प्रोत्साहन गर्न नभई असुरक्षा न्यूनीकरण गर्न ल्याइएको बताउनुभयो ।
  • मन्त्री बादीले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार र भिडभाडका समस्या सम्बोधन गर्न यो सेवा एक लक्षित र संक्रमणकालीन उपाय भएको स्पष्ट पार्नुभयो ।
  • सरकारले महिला र पुरुष दुवैले सुरक्षित तथा सम्मानजनक रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्न सार्वजनिक यातायात प्रणालीलाई लैंगिक मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

२१ साउन, काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले महिला र पुरुषबीच स्थायी विभाजन सिर्जना गर्न वा लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा महिलाका लागि सरकारले अघि बढाएको नि:शुल्क ब्लु बस सेवाको सम्बन्धमा सांसदहरूले राखेको प्रश्नको जवाफ दिँदै महिलाका लागि छुट्टै बस सेवा सञ्चालन गरेर लैंगिक असमानतालाई प्रोत्साहन गर्ने सरकारी नीति नभएको बताएका हुन् ।

उनले सार्वजनिक यातायातमा महिलाले भोग्दै आएका यौनजन्य दुर्व्यवहार, असुरक्षा, भिडभाड तथा आगमन सम्बन्धी व्यवहारिक कठिनाइलाई तत्काल सम्बोधन गर्ने लक्षित उपायका रूपमा ब्लु बस सेवा अगाडि बढाइएको स्पष्ट पारे ।

नि:शुल्क ब्लु बस लैंगिक असमानतातर्फ धकेल्ने कदम नभई विद्यमान असमान जोखिम न्यूनीकरण गर्ने विषयलाई विशेष लक्षित तथा आवश्यकतामा आधारित उपाय भएको उनको भनाइ छ ।

महिला र पुरुषले एउटै सार्वजनिक यातायातमा सुरक्षित, सम्मानजनक र सहज रूपमा यात्रा गर्न सक्ने वातावरण निर्माण गर्नु नै सरकारको मूल लक्ष्य भएको धारणा उनले राखे ।

मन्त्री बादीले ब्लु बसको सेवा केवल प्रचार वा लोकप्रियताका लागि ल्याइएको अल्पकालीन घोषणा नभइ महिलाले हाल भोगिरहेका जोखिमलाई तत्काल सम्बोधन गर्दै समग्र सार्वजनिक यातायात प्रणालीको दीर्घकालीन सुधारतर्फ अघि बढ्ने लक्षित र संक्रमणकालीन प्रयास भएको बताइन् ।

सार्वजनिक यातायात प्रणालीलाई लैंगिक मैत्री, सुरक्षित, मर्यादित र पहुँचयुक्त र उत्तरदायी बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?