News Summary
Generated by OK AI. Editorially reviewed.- महालक्ष्मी विकास बैंकले विश्व स्तनपान सप्ताहको अवसर पारेर आफ्नो केन्द्रीय कार्यालयमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।
- स्तनपान गराइरहेका महिला कर्मचारीहरूलाई सुरक्षित, सहज, स्वच्छ र गोपनीय वातावरण प्रदान गर्ने उद्देश्यले उक्त कक्षको स्थापना गरिएको बैंकले जनाएको छ ।
- बैंकले लैङ्गिक समानता, कार्य–जीवन सन्तुलन र कर्मचारी कल्याणलाई प्रबर्धन गर्ने उद्देश्यले यो पहल गरेको स्पष्ट पारेको छ ।
२२ साउन, काठमाडौं । विश्व स्तनपान सप्ताहको अवसरमा महालक्ष्मी विकास बैंकद्वारा आफ्ना महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्दि«य कार्यालय, दरबमारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ ।
स्तनपान गराइरहेका महिला कर्मचारीहरुलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण उपलब्ध गराउने उद्देश्यले शिशु स्याहार कक्ष तथा डे केयर स्थापना गरिएको बैंकले जनाएको छ ।
महालक्ष्मी विकास बैंकले समावेशिता र लैङ्गिक समानतालाई प्राथमिकतामा राख्दै आएको छ । कर्मचारीमैत्री, परिवारमैत्री तथा समावेशी कार्यसंस्कृति निर्माण गर्दै मातृत्वप्रतिको सम्मान, कार्य–जीवन सन्तुलन तथा कर्मचारी कल्याणलाई प्रबद्र्धन गर्नेे दीर्घकालीन प्रतिबद्धताको निरन्तरता स्वरुप यो पहल गरिएको बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4