+
+
Shares

एसडी योगी र अन्जु पन्तको स्वरमा ‘जलाकी’ को गीत ‘चाँदी जलप’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १६:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदर्शनको तयारीमा रहेको फिल्म ‘जलाकी’को ‘चाँदी जलप’ बोलको पहिलो गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ ।
  • अशोक थापाद्वारा निर्देशित यस फिल्ममा सोनम तोप्देन, उपासनासिंह ठकुरी र शिल्पा मास्के लगायतका कलाकारको अभिनय रहेको छ ।
  • एसडी योगी र अन्जु पन्तको स्वर रहेको यस गीतमा सुरेन्द्र रानाको शब्द र एसडी योगीको संगीत समावेश छ ।

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘जलाकी’को पहिलो गीत ‘चाँदी जलप’ युट्युबमा सार्वजनिक भएको छ । चर्चित फिल्म ‘खुश्मा’ फेम्ड निर्देशक अशोक थापाको यो दोस्रो निर्देशकीय कथानक हो ।

गीता कलाकार सोनम तोप्देन, उपासनासिंह ठकुरी, शिल्पा मास्के, अस्तित्व भट्टचन लगायत फिचर्ड छन् । एसडी योगी र अन्जु पन्तको स्वर समावेश छ । सुरेन्द्र रानाको शब्द रहेको गीतलाई एसडी योगीले निर्देशन गरेका हुन् ।

नृत्य निर्देशक सुरेन्द्र राई हुन् । रिकेश गुरुङ संगीत निर्माता हुन् । यो फिल्मको निर्मातामा ओम घर्तीमगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर, मानबहादुर धनाह मगर र सुस्मिता बुढाथोकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?