+
+
Shares

मल किन्न जाँदा भारतको जेल परेका नेपाली किसान ३८ दिनपछि थुनामुक्त

बलरा-५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह त्यहाँको अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते २०:४७

२२ साउन, काठमाडौं । मल किन्न जाँदा भारतमा पक्राउ परेका दुई नेपाली किसान थुनामुक्त भएका छन् ।

बलरा–५, सर्लाहीका सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह त्यहाँको अदालतको आदेशअनुसार शुक्रबार धरौटीमा रिहा भएका हुन् । दुवैजना आजै रिहा भएको सुरेशप्रसादका छोरा अविनाश सिंहले जानकारी दिए । ‘आमा र भाइ, बुबा र ठूलो बुबालाई लिन डुमरवा जानुभएको छ’, उनले भने, ‘बुबाहरूलाई त्यहाँको प्रहरीले अहिले सवा ७ बजेतिर छाडेको खबर आएको छ ।’

बुधबार दुवै जनालाई धरौटीमा छाड्न अदालतले आदेश गरेको थियो ।

सीतामढी जिल्लाको डुम्रा व्यवहार अदालतका सह–विशेष न्यायाधीश अखलेशकुमार झाको एकल इजलासले दुवैजनालाई जमानतमा छाड्न आदेश दिएको थियो । किसानहरूका तर्फबाट  संजयकुमार झा र किरण चौधरीले बहस गरेका थिए ।

सुरेशप्रसाद र नागेन्द्रप्रसाद भारतको सीतामढी जिल्लाको सोनबर्षाबाट १७ असारमा पक्राउ परेका थिए । १८ असारमा जेल चलान गरिएको थियो । उनीहरूलाई डिएपी र युरिया मल लिएर आउँदै गर्दा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?