News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली गल्फर सुवास तामाङ र शुक्रबहादुर राईले भारतको कोलकातामा हुने कोएल इन्डियन ओपन गल्फ प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन् ।
- अगष्ट ११ देखि १४ सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको कुल पुरस्कार राशि १ करोड भारतीय रुपैयाँ रहेको छ ।
- प्रतियोगितामा नेपालसहित विभिन्न देशका १३० जना गल्फर सहभागी हुनेछन् भने सुवासले एसियन गेम्समा पनि सहभागिता जनाउने तयारी गरेका छन् ।
२५ साउन, काठमाडौं । नेपाली प्रोफेसनल गल्फरद्वय सुवास तामाङ र शुक्र बहादुर राईले डीपी वर्ल्ड प्रोफेसनल गल्फ टुर अफ इन्डिया (पीजीटीआई) अन्तर्गत कोएल इन्डियन ओपन गल्फ खेल्ने भएका छन् ।
७२ होलको उक्त प्रतियोगिता यही अगष्ट ११ (मंगलबार) देखि १४ सम्म कोलकताको टोलीगन्जमा हुनेछ । उक्त प्रतियोगिताको कुर पुरस्कार राशी १ करोड भारतीय रुपैयाँ रहेको छ ।
प्रतियोगितामा भारत बाहेक नेपाल, बंगलादेश, श्रीलंका, थाइल्यान्ड लगायत देशबाट कुल १३० गल्फरले प्रतिस्पर्धा गर्नेछन् ।
सुवास सेप्टेम्बर-अक्टोबरमा जापानमा हुने २०औं एसियन गेम्समा पनि प्रतिस्पर्धा गर्दैछन् ।
सुवास गत साता भारतकै श्रीनगरमा भएको जे एण्ड केओपन गल्फमा एक स्ट्रोकले कट बनाउनबाट वञ्चित भएका थिए ।
प्रतिक्रिया 4