News Summary
Generated by OK AI. Editorially reviewed.- पेरिसमा जारी पब्जी मोबाइल विश्वकपको ग्रान्ड फिनालेमा नेपालको होरा ईस्पोर्ट्स सोझै प्रवेश गरेको छ।
- समूह 'बी' अन्तर्गतको प्रतिस्पर्धामा होरा ईस्पोर्ट्स ९८ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहन सफल भएको छ।
- छैटौंदेखि १३औं स्थानसम्म रहेका टोलीहरूले अब फाइनल प्रवेशका लागि सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन्।
२४ साउन, काठमाडौं । फ्रान्सको पेरिसमा जारी ईस्पोर्ट्स विश्वकप अन्तर्गत पब्जी मोबाइल विश्वकपमा नेपालको होरा ईस्पोर्ट्स सोझै ग्रान्ड फिनाले (फाइनल) मा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न खेलहरूपछि समूह ‘बी’ का १६ टिमहरूमध्ये शीर्ष ५ मा पर्दै होरा सोझै फाइनलमा पुगेको हो । होराले एक चिकेन डिनरसहित कुल ९८ अंकका साथ चौथो स्थानमा फिनिस गर्दै फाइनल पुगेको हो ।
समूह ‘बी’ बाट भाइटालिटी सर्वाधिक १४८ अंकका साथ फाइनलमा पुग्दा आईडीए, एसटुजी र गडलाइक पनि होरासँगै फाइनलमा पुगेका छन् ।
पहिलो दिन ५९ अंकका साथ तेस्रो स्थानमा फिनिस गरेको होराले दोस्रो दिन ६ खेलमा ३९ अंक जोड्यो । अन्तिम खेलअघि शीर्ष ५ मा रहेको होराले अन्तिम खेलमा छैटौं स्थानमा झर्नुपरेको भएपनि शीर्ष ५ मा फिनिस गर्न भने सफल भयो ।
होराले पहिलो दिनको सुरुवाती दुई खेलमै शानदार प्रदर्शन गर्दै दोस्रो खेलमा चिकेन डिनर जितेको थियो । त्यसयता होराले ३७ प्लेसमेन्ट पोइन्ट र ६१ किलसहित कुल ९८ अंक जोडेको हो ।
समूहमा चौथो भएको होराले ५७ हजार ५०० पुरस्कार पनि पक्का गरेको छ । अब ग्रान्ड फिनाले करौडौं डलर पुरस्कार राशी छ । ग्रान्ड फिनालेको विजेताले ५ लाख अमेरिकी डलर पुरस्कार पाउनेछ ।
समूह ‘ए’ बाट पनि शीर्ष ५ टोली फाइनलमा पुगिसकेका छन् । समूह ‘ए’ बाट पाकिस्तानको फोर थ्राइभसँगै भारतको ओरानगुटान, मंगोलियाको अउरोरा, भियतनाम/सिंगापुरको टिम फ्ल्यास र मिडल इस्टको निग्मा ग्यालेक्सी शीर्ष पाँचमा रहँदै फाइनलमा पुगेका हुन् ।
अब दुवै समूहको छैटौंदेखि १३औं स्थानका टोलीले सर्भाइभल स्टेजमा प्रतिस्पर्धा गर्नेछन् । दुवै समूहको ८-८ टोली गरी १६ टोलीले सर्भाइभल स्टेजमा खेल्ने छन् जहाँबाट शीर्ष ६ टोली फाइनलमा आउनेछन् । दुई समूहको अन्तिम तीन स्थानमा रहेका (६ टोली) भने समूह चरण बाटै बाहिरिएका छन् ।
अगष्ट १४ देखि १६ सम्म हुने ग्रान्ड फिनालेमा १६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमा १० टोलीको टुङ्गो लागिसकेको छ । अब अगष्ट ११ र १२ मा हुने सर्भाइल स्टेजको खेलबाट बाँकी ६ टिमको टुङ्गो लाग्नेछ ।
पब्जी मोबाइलको ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने १६ वटै टोलीले नगद पुरस्कार पाउनेछन् । जसमा च्याम्पियन बन्ने टोलीले ५ लाख अमेरिकी डलर प्राप्त गर्नेछ र उपविजेताले २ लाख ५० हजार डलर र तेस्रो हुनेले १ लाख ५० हजार डलर हात पार्नेछ । यस्तै चौथोले १ लाख २० हजार डलर, पाँचौले १ लाख डलर, छैटौंले ९० हजार डलर, सातौंले ८० र आठौंले ७० हजार डलर प्राप्त गर्नेछन् । नवौ देखि १६औं सम्म हुनेले क्रमश: ६० हजार, ५५ हजार, ५० हजार, ४५ हजार, ४० हजार, ३५ हजार, ३० हजार र २५ हजार डलर पाउनेछन् ।
प्रतिक्रिया 4