+
+
Shares

डोल्पामा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २७ गते १४:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको ठूली भेरी नगरपालिकामा एक्स्काभेटर दुर्घटना हुँदा ४२ वर्षीय चालक मनवीर रोकायाको मृत्यु भएको छ ।
  • सडकको ट्र्याक खोल्ने क्रममा एक्स्काभेटर ५० देखि ६० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
  • घाइते रोकायालाई उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएकामा उपचारकै क्रममा उनको निधन भएको हो ।

२७ साउन, डोल्पा  । डोल्पामा एक्स्काभेटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ठूली भेरी नगरपालिका-६ काँडातालीका ४२ वर्षीय मनवीर रोकाया रहेका छन् ।

ठूली भेरी नगरपालिका-२ लोचा गाउँसम्म सडकको ट्र्याक खोल्ने क्रममा बा.प्र ०१-००१ ग ४२१० नम्बरको एक्स्काभेटर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाइते भएका रोकायालाई उपचारका लागि जिल्ला अस्पताल दुनै लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सदरमुकाम दुनैदेखि लोचासम्मको सडकको ट्र्याक खुला गरिरहेको एक्स्काभेटर दुर्घटनामा परी सडकबाट करिब ५०/६० मिटर तल खसेको थियो ।

प्रहरीले दुर्घटनामा परेको एक्स्काभेटर ठूली भेरी नगरपालिकाको रहेको खुलेको र दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?