News Summary
Generated by OK AI. Editorially reviewed.- गीतकार चुडा निर्भिकको शब्दमा तयार भएको देशप्रेमले ओतप्रोत गीत ‘नेपाल मेरो प्राण हो’ ओएसआर युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
- रिमेश अधिकारीको संगीत र प्रताप दासको स्वर रहेको उक्त गीतले युवापुस्तामा राष्ट्रियताको सन्देश प्रवाह गरेको छ ।
- विजय गजमेरद्वारा निर्देशित ६ मिनेट २४ सेकेन्ड लामो उक्त गीतको भिडियोमा ग्रामीण परिवेशमा राष्ट्रिय झन्डासहितको दृश्य प्रस्तुत गरिएको छ ।
काठमाडौं । गीतकार चुडा निर्भिकको शब्दमा तयार भएको देशप्रेमले ओतप्रोत गीत ‘नेपाल मेरो प्राण हो’ युट्युबमा सार्वजनिक भएको छ । ओएसआर युट्युब च्यानलबाट सार्वजनिक गीतमा रिमेश अधिकारीको संगीत छ ।
प्रताप दासको स्वर रहेको गीत कर्णप्रिय र मिठास महसुस हुन्छ । पछिल्लो समय देशप्रेमी गीत निर्माण हुने क्रम घटिरहँदा यो गीतले त्यो अभाव पूरा गर्छ । साथै, श्रोता तथा दर्शकमा देशप्रेमको भाव पैदा गर्छ ।
विशेषगरि, गीतकार निर्भिकले देशप्रेम सिर्जना गर्ने भाव उराल्दै देशको राष्ट्रियताप्रतिको मोह प्रस्तुत गरेका छन् । गीतले युवापुस्तामा राष्ट्रियता र देश बाँच्नुपर्छ भन्ने सन्देश प्रवाह गरेको छ ।
६ मिनेट २४ सेकेन्ड लामो गीतको भिडियो पनि आकर्षक छ । ग्रामीण परिवेशमा खिचिएको गीतको भिडियोमा एक युवक राष्ट्रिय झन्डा बोकेर गाउँ गाउँ डुलिरहेका छन् र राष्ट्रियताको भाव पनि फैलाएका छन् ।
भिडियोलाई विजय गजमेरले निर्देशन गरेका हुन् । भिडियोमा एआर अर्जुन खड्का, विनिता दाहाल, अर्शुराम आचार्य, तारा आचार्यको अभिनय छ । विशाल थापाले दृश्य खिचेका हुन् ।
प्रतिक्रिया 4