+
+
Shares

‘ल्याङ ल्याङ’ को शीर्ष भूमिकामा गुराँस ढकाल अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १६:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ ल्याङ’को शीर्ष भूमिकामा गुराँस ढकाल अनुबन्धित भएकी छन् ।
  • स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने यो फिल्मले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा प्रस्तुत गर्नेछ ।
  • फिल्मको छायांकन असोज पहिलो सातादेखि सुरु हुने र अहिले निर्माण पक्षले प्रि–प्रोडक्सन कार्य गरिरहेको छ ।

काठमाडौं । बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ ल्याङ’को शीर्ष भूमिकामा गुराँस ढकालले अभिनय गर्ने भएकी छन् । यसअघि उनले केही फिल्ममा सहायक अभिनेत्री भूमिकामा डेब्यू गरिसकेकी छन् ।

लिड फिमेलको रुपमा भने यो उनको पहिलो फिचर हो । उनले हरर जनराको फिल्म ‘मम्मी’ र केही विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् ।

निर्देशक चौहानका अनुसार ढकाल यो फिल्ममा सोलो अभिनेत्री हुन् । कथाको मागअनुसार उनलाई कास्ट गरिएको जनाइएको छ ।

यसअघि नै यो फिल्मको शीर्ष भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित छन् । निर्माण टिम अझै एक अभिनेताको खोजीमा छ ।

स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ । फिल्मको बटमलाइन पनि हरेक युवाको कथा राखिएको छ ।

नेपाली युवापुस्ताले आफ्नो सर्कलमा साथीभाइबीच एउटै कुरामा हुने दबाब वा मानसिक तनावलाई बुझाउन ‘ल्याङ ल्याङ’ शब्द प्रयोग गर्ने गर्छन् । सिनेमाले यही युवा चरित्र र उनीहरूको दैनिक जीवनका उतारचढावलाई समेट्ने टिमको दाबी छ ।

यो सिनेमाको मुख्य भूमिकामा छोरी गुराँस अनुबन्धित भएपछि उनकी आमा रिनाले भावुक पोस्ट लेखेकी छिन्-

‘छोरी जम्मा ७ महिनाकी हुँदा नै मैले उसलाई नाटकमा खेलाएँ । जहाँ-जहाँ मेरो स्टेज कार्यक्रम हुन्थ्यो, म उसलाई पनि सँगै लिएर जान्थेँ । मनमनै एउटा सपना बोकेकी थिए । एक दिन मेरी छोरीलाई कुशल कलाकार बनाउँछु ।’

असोज पहिलो सातादेखि फिल्मको छायांकन तयारी छ । भोलानाथ कटवालको लगानीमा बन्ने फिल्मको अहिले प्रि–प्रोडक्सन कार्य धमाधम चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?