+
+
Shares

कांग्रेस संस्थापन इतर सम्मेलन : बन्दसत्रमा देउवा पनि सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते ११:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेस संस्थापन इतर समूहको दुईदिने राष्ट्रिय सम्मेलन आज सुझावसहितका प्रस्ताव पारित गर्दै सम्पन्न हुँदै छ।
  • काठमाडौंको सुकेधारामा आयोजित उक्त सम्मेलनको बन्दसत्रमा नेताहरू विमलेन्द्र निधि, डा. प्रकाशशरण महत र एनपी साउदले विभिन्न राजनीतिक एवं आर्थिक प्रस्ताव पेस गरेका थिए।
  • पूर्वकेन्द्रीय सदस्य गुरु बरालले सहभागीहरूको सुझावलाई समेटेर पेस गरिएका सबै प्रस्तावहरूलाई अन्तिम रूप दिई आजै सम्मेलन सम्पन्न हुने जानकारी दिए।

३१ साउन, काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलन आज सकिँदै छ ।

कांग्रेस नेताहरूका अनुसार बन्दसत्रमा पेस भएका विभिन्न प्रस्ताव आज सुझावसहित पास गर्ने र सम्मेलन सम्पन्न गर्ने कार्यक्रम छ ।

काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा ३० साउनदेखि सुरु भएको भेलालाई कांग्रेसले राष्ट्रिय सम्मेलनमा परिणत गरेको छ ।

करिब पाँच हजार जना सहभागी भएको भनिएको सम्मेलनको उदघाटन पूर्वसभापति शेरबहादुर देउवाले गरेका थिए । शनिबारको बन्दसत्रका कार्यक्रममा भने देउवा सहभागी भएका थिएनन् ।

सम्मेलनको अन्तिम दिनको बन्दसत्रमा आज देउवा समेत उपस्थित भएका छन् ।

बन्दसत्रमा नेता विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, डा. प्रकाशशरण महतले आर्थिक–सामाजिक नीतिको कार्यदिशा र एनपी साउदले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

ती प्रस्तावहरुमाथि सहभागीहरूले धारणा राख्ने र सुझाव दिने क्रम आज पनि जारी छ । सबै सुझावलाई समेटेर प्रस्तावहरुलाई अन्तिम रूप दिइने सम्मेलनमा सहभागी कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालले बताए ।

प्रस्तावहरू पारित गरेपछि आजै सम्मेलन सम्पन्न हुने उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?