+
+
Shares

अध्यक्ष हटाउन हस्ताक्षर क्याम्पेन सह्य हुँदैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजक गतिविधि सह्य नहुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १५:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र भइरहेका अराजक गतिविधि सह्य नहुने बताएका छन्।
  • झापाको बिर्तामोडमा आयोजित मिसन जागरण कार्यक्रममा ओलीले सामाजिक सञ्जाल र हस्ताक्षर अभियानबाट नेतृत्व परिवर्तनको प्रयास नगर्न चेतावनी दिएका छन्।
  • अध्यक्ष ओलीले पार्टी नेतृत्व फेर्नुपर्ने लागेको भए सम्बन्धित पार्टी कमिटीमा विधिसम्मत तरिकाले कुरा राख्न सुझाव दिएका छन्।

३१ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजक गतिविधि सह्य नहुने बताएका छन् ।

झापा एमालेले बिर्तामोडबाट सुरु गरेको मिसन जागरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र चलिरहेको गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।

‘सामाजिक सञ्जालमा स्टाटस लेखेर अध्यक्ष हटाउने ? हस्ताक्षर क्याम्पेन गरेर अध्यक्ष हटाउने ? पार्टीमा यस्तो शैली सह्य हुँदैन,’ ओलीले भनेका छन् ।

अध्यक्षले छोड्नुपर्छ भन्ने लागेको भए पार्टी कमिटीमै कुरा राख्न पनि ओलीले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?