+

फिबा एसिया पोटेन्सियल रेफ्री क्याम्प सम्पन्न

२०८३ भदौ  २ गते २०:२९ २०८३ भदौ २ गते २०:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल बास्केटबल संघको आयोजनामा अगष्ट १६ देखि १८ सम्म काठमाडौंमा फिबा एसियन पोटेन्सियल रेफ्री क्याम्प सम्पन्न भएको छ ।
  • क्याम्पमा ३५ क्यान्डिडेट रेफ्री सहभागी भएका थिए, र फिलिपिन्सका फिबा रेफ्री इन्स्ट्रक्टर फर्डीनान्ड पास्कल क्रुजले सञ्चालन गरेका थिए ।
  • नेबा अध्यक्ष भिमसिंह गुरुङले २०२७ मा खुल्ने फिबा रेफ्री आवेदनका लागि तयारी स्वरुप क्याम्प गरिएको बताए ।

काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा तीन दिने फिबा एसिया पोटेन्सियल रेफ्री क्याम्प मंगलबार सम्पन्न भएको छ ।

बास्केटबलको अन्तर्राष्ट्रिय रेफ्री उत्पादन गर्ने उदेश्यले आयोजना गरिएको यस क्याम्प अगष्ट १६ देखि १८ सम्म काठमाडौंमा सञ्चालन भएको हो ।

क्याम्पमा कूल ३५ क्यान्डिडेट रेफ्री सहभागि भएको नेबा अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए । उपत्यका बाहिरबाट पनि रेफ्रीहरु सहभागि भएका थिए ।

फिलिपिन्सबाट आएका फिबा रेफ्री इन्स्ट्रक्टर फर्डीनान्ड पास्कल क्रुजले क्याम्प सञ्चालन गरेका थिए ।

‘तीन दिन सञ्चालन भएको यो फिबा एसियन पोटेन्सियल रेफ्री क्याम्पमा ओलम्पिक गेम, वर्ल्ड कप र एसियन लेभलको ठूलो महत्वपूर्ण गेम खेलाएको एसियाको नम्बर वान रेफ्री आउनुभएको थियो । टेक्निकल पार्टमा सबै फेडेरेसनलाई बलियो बनाउनुपर्छ भनेर फिबा एसियाले पठाएको हो । यो क्याम्प निकै राम्रो भयो ।’ नेबा अध्यक्ष गुरुङले अनलाइनखबरसँग भने ।

सन् २०२७ मा फिबा रेफ्रीको आवेदन खुल्ने भएकोले त्यसको तयारी स्वरुप यो क्याम्प स१चालन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

‘अन्तर्राष्ट्रिय स्तरको रेफ्री बनाउनका लागि यहाँबाट उत्कृष्ट छनोट गरेर २०२७ को लागि अप्लाई गर्छौँ ।’ उनले भने ।

अन्तर्राष्ट्रिय स्तरमा खेल जित्नका लागि खेलाडी मात्र उत्कृष्ट नभई प्राविधिकहरु पनि बलियो हुनुपर्ने र त्यसका लागि यस खालको कार्यक्रम सञ्चालन हुनुपर्ने नेबा अध्यक्ष गुरुङले जानकारी दिए । ‘कुनै पनि खेल अन्तर्राष्ट्रिय स्तरमा जित्नका लागि खेलाडी राम्रो मात्र भएर हुँदैन त्यस खेलको प्राविधिक पक्ष बलियो हुनु जरुरी छ । र त्यसका लागि रेफ्री क्याम्प, क्लिनिकहरु सबै कुरा प्रावधिक कुरामा बलियो हुनुपर्छ, उनले भने, ‘प्राविधिकलाई दक्ष बनाउनुपर्छ र दक्ष प्रावधिकि उत्पादन गरेर मात्र हामीले अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सक्छौँ ।’

समापन कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजिव श्रेष्ठको उपस्थिती थियो ।

ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले पनि अन्तर्राष्ट्रिय स्तरमा राम्रो नतिजा ल्याउनका लागि त्यसको खेलको प्राविधिकहरु पनि उत्कृष्ट हुनुपर्ने र त्यसले खेलको विकासमा पनि सहयोग पुर्‍याउने बताए ।

 

नेपाल बास्केटबल फिबा एसिया पोटेन्सियल रेफ्री क्याम्प
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय