+
+
Shares

देउवा पक्षको रिट निवेदन सर्वोच्चमा भएन दर्ता, थप अध्ययन गरिने  

रिट निवेदन दर्ता नभएको कांग्रेसका एक नेताले जानकारी दिए । उनका अनुसार, थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको जानकारी सर्वोच्च प्रशासनले गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १७:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न माग गरिएको निवेदनमा थप अध्ययन गर्ने भएको छ ।
  • देउवा र खड्काको तर्फबाट दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ सर्वोच्च पुगे पनि रिट निवेदन दर्ता भएन ।
  • कांग्रेसले आगामी असोज १६–१९ गते १५ औं महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।

४ भदौ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी असोजका लागि तय भएको १५ औं महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदनमा सर्वोच्च अदालतले थप अध्ययन गर्ने भएको छ ।

१५औं महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारेस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ सर्वोच्च पुगेका थिए ।

यद्यपि उक्त रिट निवेदन दर्ता नभएको कांग्रेसका एक नेताले जानकारी दिए । उनका अनुसार, थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको जानकारी सर्वोच्च प्रशासनले गराएको छ ।

यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदनसमेत दिएको थियो । सर्वोच्चले उक्त मुद्दामा पुन: सुनुवाइको आदेश गरिसकेको छ ।

अहिले भने एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन पेस गर्न नेताहरू सर्वोच्च गएका थिए ।

कांग्रेसले आगामी असोज १६–१९ गते १५औं महाधिवेशनको तालिका सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?