+
+
Shares

सबै बाढीले बगायो, राज्यकै प्रत्यक्ष सहयोग कुरिरहेका छन् पीडित

सुरेश राय सुरेश राय
२०८३ भदौ २० गते २१:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गत १० भदौको भोटेकोशी बाढीले नुवाकोट, रसुवा र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको र भैंसेका पीडित राज्यको सहयोग पर्खिरहेका छन्।
  • भैंसेका नारायण घिमिरेले आफ्नो १५ जनाको परिवारमध्ये ५ जना अझै सम्पर्कविहीन रहेको र राज्यका निकाय घरसम्म नआएको गुनासो गरेका छन्।
  • शारदा प्याकुरेल र कृष्ण प्याकुरेलले बाढीले घर, सम्पत्ति र बसोबास बगाएपछि आफूहरू घरबारविहीन र राहतविहीन भएको बताएका छन्।

२० भदौ, नुवाकोट । गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका प्रभावितहरूले राज्यको प्रत्यक्ष सहयोगको आशामा अझै पनि आफूहरू रहेको गुनासो गरेका छन् ।

बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीले नुवाकोट, रसुवा र धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो ।

नुवाकोटको विदुर नगरपालिका–१० भैंसेका बाढीपीडित नारायण घिमिरे घर बाढीमा परेर डुबेपछि अहिले एक घरवारविहीन भएका छन् ।

खुट्टामा चप्पल लगाउने समयसमेत नपाएको उनको गुनासो छ ।

‘घरबाट केही निकाल्न सकेका छैनौं । हामीसँग केही छैन, कसरी निकाल्ने रु लगाउने कपडा छैन, खाने कुरा छैन,’ उनले अनलाइनखबरसँग गुनासो पोखे ।

बाढी आएको दिन उनी खाना खाँदै थिए । अचानक बाढी आएको हल्ला फैलियो ।

त्यसपछि उनले छोरालाई काखी च्यापे र परिवारका सदस्यलाई भाग्न भन्दै आफू पनि भागे ।

तर, भाग्ने क्रममा उनले आफ्नै परिवारका सदस्यसहित माइला बुवाको पाँचजनाको परिवारलाई बाढीले बगाएर लगेको आफ्नै आँखाले देखे ।

तर, अहिलेसम्म पनि उनीहरूको अवस्था थाहा छैन ।

‘परिवार बगिरह्यो, हामीले केही गर्न सकेनौं,’ घिमिरेले पीडा सुनाए ।

घिमिरेका अनुसार उनको १५ जनाको परिवारमध्ये १० जनाले भागेर ज्यान जोगाए पनि पाँचजना अझै सम्पर्कविहीन छन् ।

लामो समयसम्म खोजी तथा उद्धारको प्रतीक्षा गर्दा पनि राज्यका निकाय आफ्नो घरसम्म नआएको उनको गुनासो छ ।

अब फर्कने आशा मारेर कुशको शव बनाएर दाहसंस्कार गरिएको उनले बताए ।

सोही वडाकी अर्की बाढीपीडित शारदा प्याकुरेलको पीडा पनि उस्तै छ।

३०–४० लाख रुपैयाँ खर्च गरेर नयाँ घर निर्माण गरेको दुई महिना नबित्दै साढे दुई तले घर बाढीले केही समयमै बगाएर लगेको उनले बताइन् ।

‘म र मेरो बुढा मात्रै बसिरहेका थियौं । ३०–४० लाख खर्च गरेर नयाँ घर बनाएको दुई महिना पनि भएको थिएन,’ उनको गुनासो छ, ‘साढे दुई तले घर नै केहीछिनमा बाढीले बगाएर लग्यो । अहिले आफ्नो केही छैन।  करिव ३ करोड जतिको सम्पत्ति सबै बाढीले बगायो ।’

बाढीले घरसहित सम्पत्ति बगाएपछि आफूहरू कहाँ बस्ने र कसरी जीवन चलाउने भन्ने चिन्तामा रहेको उनको भनाइ छ ।

अर्का स्थानीय बाढी प्रभावित कृष्ण प्याकुरेलले आफूहरू अहिले शरणार्थीजस्तै भएर बस्न बाध्य भएको बताए ।

‘हामी अहिले शरणार्थीको रूपमा बसिरहेका छौं । अहिलेसम्म यहाँ राज्य आइपुगेको छैन । हाम्रो सबैथोक बाढीले बगायो। हामीसँग केही छैन,’ प्याकुरेलले सुनाए ।

विभिन्न संघसंस्थाले अन्य क्षेत्रमा राहत वितरण गरिरहेको सुने पनि आफूहरूको बस्तीमा भने राहत नपुगेको प्याकुरेलको गुनासो छ ।

बाढीपछि उद्धार, राहत र पुनस्स्थापनाको आवश्यकता बढिरहेका बेला भैँसेका पीडितहरू भने अझै घरबारविहीन अवस्थामा छन् ।

उनीहरू तत्काल उद्धार, शव खोजी तथा व्यवस्थापन, खाद्यान्न, कपडा, आवास र पुनस्स्थापनाका लागि राज्यको सहयोगको प्रतीक्षामा छन् ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?