News Summary
Generated by OK AI. Editorially reviewed.- पृथ्वी राजमार्गको मछेडीमा पल्टिएको ग्यास बुलेटबाट ग्यास चुहिएकाले सडक खुलाउन समस्या भएको सडक विभागले जनाएको छ।
- गजुरी नजिकै गलौँदीमा सडक भास्सिएकाले ब्याक कटिङ गरेर खुलाउन सकिने अवस्था रहेको विभागले जानकारी गराएको छ।
- दुवै घटनाका कारण धादिङ हुँदै काठमाडौं आवतजावत गर्ने सवारी साधन रोकिएका छन् र पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द छ।
२३ असोज, काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गमा दुर्घटनामा परेको ग्यास बुलेट चुहिएका कारण सडक खुलाउन समस्या भएको जानकारी गराएको छ ।
शुक्रबार दिउँसो पृथ्वी राजमार्गको मछेडी (गल्छी नजिकै) ग्यास बुलेट पल्टिएको थियो ।
बुलेट पल्टिएर ग्यास लिक भएकाले गलौँदी पुग्न समस्या भएको विभागले जनाएको छ ।
साथै, गजुरी नजिकै गलौंँदी भन्ने स्थानमा सडक भास्सिएको छ । विभागका अनुसार, गलौँदीमा ब्याक कटिङ (भित्ता काटेर) गरेर सडक खुलाउन सकिने अवस्था छ ।
रातको समय भएकाले सो स्थानमा भएको टोली अवस्था हेरेर मात्र परिचालित हुने विभागले जनाएको छ ।
यी दुवै घटनाका कारण धादिङ हुँदै काठमाडौं आवतजावत हुने सवारीसाधन रोकिएका छन् ।
अहिले पृथ्वी राजमार्ग पूर्णरूपमा बन्द छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4