+
+
Shares

सत्यमा रहँदा आउने मूल्य चुकाउन तयार हुनुपर्छ : शशांक कोइराला

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देउवा समूहद्वारा गठित १५औं महाधिवेशन आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले विश्वासमा अडिग रहनु राजनीतिको मुख्य आधार भएको बताए ।
  • काठमाडौं क्षेत्र नम्बर ४ मा समूहको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले राजनीति जनताको सेवाका लागि भएको र सत्ताको दुरूपयोग गर्नेले राजनीतिमा आउन नहुने बताए ।
  • कोइरालाले मूल्य–मान्यता र विधि–पद्धतिभन्दा सत्ता, शक्ति र पैसा हाबी हुँदा चुनाव महङ्गो बन्दै गएको बताए ।

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित ‘१५औं महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले आफूलाई लागेको विश्वासमा अडिग रहन सक्नु नै राजनीतिको मुख्य आधार भएको बताएका छन् ।

शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा  आयोजित समूहको क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उनले राजनीतिमा सत्यमा रहेर मात्र नहुने भन्दै सत्यमा रहँदा आउने मूल्य चुकाउन तयार हुनुपर्ने बताए ।

राजनीति सत्ताको भोग गर्न नभई जनताको सेवाका लागि भएको नेता कोइरालाको भनाइ थियो । उनले सत्ताको दुरूपयोग गर्नेले राजनीतिमा आउन नहुने पनि बताए ।

पूर्वमहामन्त्री कोइरालाले मूल्य–मान्यता, विधि–पद्दतिको राजनीति पछि पर्दै सत्ता शक्ति र पैसा राजनीतिमा हाबी हुँदा चुनावहरू महङ्गो बन्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?