+
+
Shares

चुमनुब्रीकी उपाध्यक्ष गुरुङ भन्छिन्- भोटेकोशीको झल्को दिनेगरी बाढी आएको छ

उनले भनिन्, ‘बूढीगण्डकीको बाढी भोटेकोशीको बाढीको झल्को दिने खालको छ । दर्जनौं घरहरू बगाएका छन् । क्षतिको यकिन अहिल्यै भन्न सकिने अवस्था छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २५ गते ८:०८

२५ असोज, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको ठूलो आकस्मिक बाढी आएको छ ।

चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले आज बिहान बूढीगण्डकीमा आएको बाढी रसुवाको भोटेकोशीको बाढीलाई झल्को दिनेखालको भएको बताइन् ।

उनले अनलाइनखबरसँगको छोटोकुराकानीमा बूढीगण्डीको बाढीलाई १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढी जस्तै भएको सुनाइन् ।

उनले भनिन्, ‘बूढीगण्डकीको बाढी भोटेकोशीको बाढीको झल्को दिने खालको छ । दर्जनौं घरहरू बगाएका छन् । क्षतिको यकिन अहिल्यै भन्न सकिने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?