+
+

२८ पत्नी, ३५ सन्तान र १२६ नातिनातिनीका अगाडि यी पुरुषले गरे ३७ औं बिहे

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १३:३५

इतिहासमा राजा महाराजाहरुले दर्जनौँ रानीहरुसँग बिहे गरेको इतिहास पढ्न पाइन्छ । तर अहिलेको २१औं शताब्दीमा धेरै मुलुकमा बहुविवाह कानूननः बर्जित मात्र छैन कुनै पनि पुरुषले एकभन्दा बढी पत्नीसँग बिहे गर्ने भन्ने कुरा असहज नै लाग्दछ ।

तर यो दुनियाँमा अहिले पनि एकजना त्यस्ता पुरुष छन् जसले हालैमात्र ३७औं पटक बिहे गरेका छन् । सोसल मिडियामा भाइरल भैरहेको एक भिडियोमा ती वृद्ध पुरुषले एक युवतीसँग बिहे गरिरहेको देखिन्छ । त्यसमा दाबी गरिएअनुसार उनले आफ्ना २८ जना पत्नी, ३५ जना छोराछोरी तथा १२६ जना नातिनातिनीहरुकै अगाडि ३७औं पत्नीसँग बिहे गरेका हुन् ।

४५ सेकेण्डको उक्त भिडियो क्लिप कुन देशको हो भन्ने चाहिं खुलेको छैन ।

यसअघि हालै जिम्बाबेमा पनि यस्तै घटना भएको थियो जहाँ एकजना पुरुषले १७ औं बिहेको लागि केटी खोजिरहेको खुलासा गरेका थिए । युद्धनायकको रुपमा रहेका ६६ वर्षका मिशेक नयान्दोरोले यसअघि १६ जना पत्नी भित्राइसकेका छन् र उनका १५१ जना छोराछोरी छन् ।

आफू मर्नुअगाडि १०० पत्नी बनाएर एक हजार छोराछोरी जन्माउने लक्ष्य रहेको उनी बताउँछन् । आफ्नो मुख्य काम भनेकै पत्नीहरुलाई सन्तुष्ट बनाउनु रहेको उनको भनाइ छ । स्मरण रहोस् मिशेक आफैंमा बेरोजगार छन् तर उनका छोराहरुमध्ये धेरैले सरकारी जागिर गर्दछन् । उनले अन्तिम पटक सन् २०१७ मा १६ औं बिहे गरेका थिए ।।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?