२० भदौं, काठमाडौं । मेम्फिस डिपाएले दुई गोल गरेको खेलमा नेदरल्याण्ड्सले विश्वकप छनोटमा सहज जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा समूह जी को खेलमा नेदरल्याण्ड्सले मोन्टेनेग्रोलाई ४-० ले हरायो ।
डिपाएले दुई गोल गर्दा जर्जिनियो विजनाल्डम र कोडी गक्पोले एक-एक गोल गरे ।
डिपाएले ३८औं र ६२औं मिनेटमा गोल गरे । विज्नाल्डमले ७०औं र गाक्पोले ७६औं मिनेटमा गोल गरे ।
जितपछि नेदरल्याण्ड्स पाँच खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा छ । मोन्टेनेग्रो ७ अंकसहित चौथो स्थानमा छ ।
समूह जी कै अर्को खेलमा टर्कीले जिब्राल्टरलाई ३-० ले पराजित गरेको छ ।
टर्की पाँच खेलबाट ११ अंकसहित शीर्ष स्थानमा छ ।
प्रतिक्रिया 4