+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकको सहुलियत कर्जा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १७:५३

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीहरुलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ ।

काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक मिलनकुमार पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेको इनर्जी सोलुसनसँग आबद्ध साना विद्युतीय यातायात व्यवसायीहरुलाई स्वरोजगार तथा व्यवसाय सञ्चालनका लागि मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ । कर्जाका लागि नेको इनर्जि सोलुसनले मेगा बैंकलाई सिफारिस गर्ने सम्झौता भएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले साना विद्युतीय यातायात व्यवसायीहरुलाई मेगा बैंकका देशभरका शाखाबाट छिटो तथा छरितो ढंगले सहुलियतपूर्ण कर्जा प्रदान गरिने बताइन् । आफूलाई पायक पर्ने शाखाबाठ कर्जा लिन सकिने उनको भनाइ छ ।

मेगा बैंकले स्थापनाकालदेखि नै ‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नाराका साथ विपन्न वर्गलाई प्राथमिकतामा राखी बैंकिङ्ग सेवा सर्वसुलभ गराउँदै आइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेको इनर्जी सोलुसनका व्यवस्थाकीय निर्देशक पौडेलले मेगा बैंकले महिला तथा विपन्न वर्गका समुदायलाई प्राथमिकताका साथ लघु तथा साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदानसहितको कर्जा प्रवाह गर्दै आएकोले आफूहरुले सहकार्य गरेको बताए । मेगा बैंकको सहुलियतपूर्ण कर्जा सहायताले साना विद्युतीय यातायात व्यवसायीहरुलाई थप आत्मबल प्रदान गर्नुका साथै व्यवसाय सञ्चालनमा मद्धत मिल्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?