+
+

दीपिका एसियाको प्रभावशाली महिलाको पहिलो नम्बरमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते ११:५९

बलिउड नायिका दीपिका पादुकोण एसियाकै प्रभावशाली महिलाको पहिलो स्थान ओगट्न सफल भएकी छिन् । हालैमात्र, एसियाको सबैभन्दा प्रभावशाली महिलाको एक सूची सार्वजनिक गरिएको छ, जसमा टीभी तथा चलचित्र दुनियाँकी दीपिका पहिलो नम्बरमा छिन् ।

यो अनुसन्धानका लागि सामाजिक संजालमा रहेका फलोअर्स, गुगल सर्च तथा विभिन्न बिषयलाई माध्यम बनाइएको थियो । दीपिकाको इन्स्टाग्राममा ६ करोड फलोअर्स छन् ।

यस्तै, उनको सामाजिक संजालमा सक्रियता, ट्विटको प्रभाव सबैभन्दा बढी छ । यो सूचीमा एरियाना ग्रेन्ड, किम कार्दशियन, एडेले, सेलिन डियोन पनि रहेका छन् । विश्वभरका सय भन्दा बढी देशका टीभी, चलचित्र, राजनीति, व्यापारिक क्षेत्रका महिलाहरुलाई यो सूचीमा राखेर उत्कृष्ट ५ को सूची निकालिएको हो ।

दीपिकाको साथमा कैयौं इन्टरनेशनल ब्रान्ड छन् । यस्तै, उनी हलिउड चलचित्रमा समेत काम गर्ने तयारीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?