+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संविधान नबनेको भए नेपाल असफल राष्ट्र बन्ने खतरा थियो : निधि

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३ गते १७:११

३ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नयाँ संविधानलाई परिस्थितिजन्य बाध्यताको संज्ञा दिएका छन् ।

दोस्रो संविधानसभाबाट पनि संविधान नबनेको भए नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको दावी गर्दै उपसभापति निधिले परिस्थितिबस् अहिलेको संविधान जारी भएको बताए ।

‘परिस्थिति कस्तो बन्यो भने मुलुकमा संविधान नै नबन्ने खतरा बढ्यो । दुई पटक संविधानसभाले संविधान बनाउन सकेन भनेर नेपाली जनताको निर्णय क्षमतामाथि प्रश्न उठ्ने अवस्था आयो,’ निधिले भने, ‘बरु एक थान संविधान भएपनि बनाउनुपर्छ भन्नेमा हामी गयौं । संविधान बनाउन नसकेको भए नेपाल असफल राष्ट्रमा पर्थ्यो ।’

आइतबार काठमाडौंमा संविधान दिवसका अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले संविधानसभाबाट संविधान निर्माण हुनुले नेपाल र नेपाली जनताको सार्वभौमिकता पुष्टि भएको बताए । संविधानमा भएका कमजोरी सच्याउँदै उत्कृष्ट बनाउनुपर्नेमा उनको जोड थियो ।

‘हामी उत्कृष्ट संविधान बनाउन चाहन्थ्यौं तर परिस्थितिले एक थान मात्रै भएपनि संविधान बनाउनुपर्नै अवस्था आयो,’ उनले भने, ‘अब यो संविधानलाई कसरी उत्कृष्ट बनाउने भन्नेतर्फ हामी केन्द्रीत हुनुपर्छ ।’

उनले सबै राजनीतिक दलले संविधानप्रति अपनत्व लिनुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?