+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

फ्रान्ससँगको सम्बन्ध सुधारको लागि धैर्यको आवश्यकता : अष्ट्रेलिया

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ७ गते १२:३५

७ असोज, काठमाडौं। अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले आफूले फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोँसँग वार्ताको प्रयास गरिरहेको बताएका छन् ।

यद्यपि अहिलेसम्म यसमा सफल नभएको उनले बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बुधबार अमेरिकाको वासिङटनमा बोल्दै मौरिसनले फ्रान्ससँगको सम्बन्ध पुनः सुमधुर बनाउन धैर्यताका साथ काम गर्ने बताएका हुन् ।

अष्ट्रेलिया र अमेरिकाबाट आफ्ना राजदूत फिर्ता बोलाउँदै फ्रान्सले तीन मुलुकबीच भएको रक्षा सम्झौताको विषयमा कुनै जानकारी नभएको बताएको थियो। फ्रान्सले तीन मुलुकको रक्षा सम्झौताले यसअघिको आफ्नो सम्झौतामा कुनै असर नपार्ने आफ्नो बुझाइ रहेको बताएको थियो।

यसैबीच फ्रान्सका राष्ट्रपति म्याक्रोँ र अमेरिकी समकक्षी जो बाइडनबीच बुधबार करिब आधाघण्टा फोनवार्ता भएको थियो। यससँगै दुई मुलुकको सम्बन्ध पुनः सामान्य अवस्थामा फर्किने संकेत देखिएको छ। यो वार्तासँगै फ्रान्सका राजदूत आगामी साता वासिङटन फर्किनेछन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?