+
+

संसदीय समितिले भन्यो : चीनमा एमबीबीएस पढेका विद्यार्थीलाई इन्टर्नसीप गराऊ

सके कुटनीतिक पहल गरेर चीन पठाऊ नभए नेपालमै व्यवस्था गर

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १० गते १४:१३

१० असोज, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चीनमा एमबीबीएस अध्ययन गरेका तर इन्टर्नसीप गर्न नपाएका विद्यार्थीलाई इन्टर्नसीप गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले चीनमा एमबीबीएस गरेका विद्यार्थीलाई इन्टर्नसीपका लागि चीन पठाउन कुटनीतिक पहल गर्न वा नेपालमै इन्टर्नसीप गराउन निर्देशन दिएको हो । चीनमा सन् एमबीबीएस अध्ययन गरेका सन् २०१५ र सन् २०१६ ब्याचका विद्यार्थी कोरोना महामारीका कारण स्वदेश फर्किँदा इन्टर्नसीप गर्न पाएका छैनन् । उनीहरुले इन्टर्नसीप गर्न चीन पठाउने व्यवस्था मिलाउनुपर्ने वा नेपालमै नेपाल मेडिकल काउन्सिलले इन्टर्नसीपको व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

‘कुटनीतिक पहल गर्ने यो त हामी समाधान गर्न सकिन्छ । हुन्छ भने ठीक छ पठाइदियो हुन्न भने के हो निकास दिन पर्‍यो नि । हजारौं विद्यार्थी अलपत्र परिरहेका छन् । उनीहरुको भविष्य अन्धकार भइरहेको छ’ समिति सभापति जयपुरी घर्तीले भनिन् ।

यसअघि पनि शिक्षा तथा स्वास्थ्य समितिले कुटनीतिक पहल गरेर इन्टर्नसीप गर्न बाँकी विद्यार्थीलाई चीन पठाउन निर्देशन दिएको थियो । तर हालसम्म विद्यार्थीको समस्या समाधान नभएपछि पुनः निर्देशन दिएको हो ।

समितिले चीन पठाउन नसके पनि विद्यार्थीको भविष्य बर्बाद पार्न नहुने भन्दै सरकारले कुनै न कुनै उपाय खोज्नुपर्ने बताएको छ । ‘उनीहरुले पनि धेरै खर्च गरेर दिमाग लगाएर पढेका छन् । उनीहरुलाई पनि इन्टर्नसीप वा के हो ? त्यो प्रक्रिया अगाडि बढाएर हामीले जिम्मा लिनैपर्छ’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?