+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चार देशका राजदूतले राष्ट्रपति भण्डारी समक्ष बुझाए ओहदाको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १४ गते १६:३७
शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाउँदै नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ।

१४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष चार देशका राजदूतहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ-आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार ओहदाको प्रमाणपत्र बुझाउनेहरुमा नेपालका लागि इजिष्टियन राजदूत नोहा ह्‍यामडी अहमद इलिजिबली, नेपालका लागि जर्मन राजदूत डा. थोमस हेनरिक प्रिन्ज, नेपालका लागि नर्वेजियन राजदूत तोरुम ड्रामदल र नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओ रहेका छन् । उनीहरु चारैजना नेपालका लागि आवासीय राजदूतहरु हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?