
१७ असोज, काठमाडौं । नेकपा एमालेले आसन्न महाधिवेशनका लागि डा. विजय सुब्बाको नेतृत्वमा केन्द्रीय निर्वाचन आयोग घोषणा गरेको छ । ललितपुरको गोदाबरीमा भएको पहिलो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले १५ सदस्यीय आयोग प्रस्ताव गरे, जसलाई हलले स्वीकृत गरेको छ ।
आयोगको सदस्यहरुमा महेश नेपाल, सानुराजा पोखरेल, बाबुराम दाहाल, कुन्साङ लामा, रिता सिम्खडा, रञ्जु ठाकुर, भरत पोखरेल, टंक उप्रेती, सुमित्रा बिसी र पवित्रा निरौला छन् ।
यस्तै सुदूरपश्चिमबाट केवालाल चौधरी, लुम्बिनीबाट विमला विश्वकर्मा, गण्डकीबाट लोकबहादुर थापा र बागमतीबाट हिमकला गैरे आयोगको सदस्य छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4