+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

१० किलो चरेससहित पर्सामा दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज १८ गते १९:१३

१८ असोज, वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साबाट प्रतिबन्धित लागूऔषध चरेस १० किलोसहित दुई जनालाई पक्राउ गरेको छ । पर्साको जिराभवानी गाउँपालिका–३ हरैयाका १८ वर्षीय सुनिल माझी र अर्का १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

जगरनाथपुर–२ जानकीटोलमा चेकजाँच गर्ने क्रममा बीआर २२ एक्स २७३८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुले बोकेको झोलाबाट चरेस बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

उनीहरुको साथबाट दुई थान मोबाइल सेट, भारु १ सय, नेरु १३५ रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?