२२ असोज, जनकपुरधाम । प्रदेश २ प्रदेशसभाका विषयगत समितिहरुमा पदाधिकारी हेरफेर गरिएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले समितिका पदाधिकारीहरु परिवर्तन गरेको हो ।
सांसद रामकिशोरप्रसाद यादवलाई सार्वजनिक लेखा समितिमा, सुरेश मण्डललाई कृषि तथा भूमि व्यवस्थापन समितिमा, ज्ञानेन्द्रकुमार यादव र सरोजकुमार सिंहलाई प्रदेश मामिला समितिमा राखिएको छ । ज्ञानेन्द्र र सरोज यसअघि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री र राज्यमन्त्री थिए ।
यस्तै, जितेन्द्र सोनललाई प्राकृतिक स्रोत तथा वातावरण समितिमा राखिएको छ । सोनल पनि यसअघि भौतिक पूर्वाधार विकासमन्त्री थिए । यसअघिका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मालाई सार्वजनिक लेखा समितिमा, यसअघिका भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झालाई अर्थ तथा योजना समितिमा राखिएको छ ।
सांसद सिंहासन साह कलवारलाई कृषि तथा भूमि व्यवस्थापन समितिबाट सार्वजनिक लेखा समितिमा, वविता कुमारीलाई सार्वजनिक लेखा समितिबाट प्रदेश मामिला समितिमा, प्रल्हाद गिरी गोस्वामीलाई प्रदेश मामिला समितिबाट सार्वजनिक लेखा समितिमा, जानकीशरण साहलाई सार्वजनिक लेखाबाट प्राकृतिक स्रोत तथा वातावरण समितिमा राखिएको छ ।
कार्य व्यवस्था परामर्श समिति गठन
शुक्रबारको बैठकले दलीय सहमतिमा कार्य व्यवस्था परामर्श समिति पनि गठन गरिएको छ । सभामुख अध्यक्ष तथा उपसभामुख उपाध्यक्ष रहने समितिको सदस्यमा प्रदेशसभासँग सम्बन्धित मन्त्री सदस्य, सांसदहरु उपेन्द्र कुशवाहा, किशोरी साह कमल, चमेली देवी दास, दिलीपकुमार साह, परमेश्वर साह, रामाशिष यादव, शैलेन्द्र यादव, शोभा लामा, सरोजकुमार सिंह, सावित्रीदेवी साह र सुरिताकुमारी साहलाई राखिएको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4