+
+

सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गर : मानव अधिकार आयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १९:३८

२६ असोज, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रुपन्देहीको मोतीपुरमा सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगले बुधबार प्रेस विज्ञप्ति जारी गरी मृतकको परिवारलाई क्षतिपूर्ति दिन, घाइतेहरुको निशुल्क उपचार गराउन र वास्तविक घरवारविहीनलाई बसोबासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता सहसचिव टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा घटनाबाट उत्पन्न परिस्थितिबाट मानव अधिकारको प्रत्याभूति र शान्ति सुरक्षाको बहालीमा थप चुनौती हुन नदिन संयमता अपनाउन र वार्तामार्फत विवाद समाधन गर्न पनि आग्रह गरिएको छ ।

सोमबार बुटवलको मोतीपुरमा औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासीमाथि प्रहरीले गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो भने सुकुम्बासी र प्रहरीतर्फ गरी ६० भन्दा धेरै घाइते भएका थिए ।

आयोगले उक्त घटनाले आफैंले पनि अनुसन्धान शुरु गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?