+
+

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १३:४२

३१ असोज, बैतडी । सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् ।

सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार दसैंका लागि भनेर २०७८ वैशाख १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशभर आज पनि बिदा दिने निर्णय गरेको थियो । बैठकले सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरिसकेको छ ।

भारतीय नागरिक मृत फेला

महाकाली नदी किनारमा आज एक भारतीय नागरिक मृत फेला परेका छन् । मृत्यु हुनेमा भारतको उत्तराखण्ड प्रदेशस्थित पिथौरागढ जिल्ला ग्रामपञ्चायत पिपलीका ४० वर्षीय सञ्जय ज्याला रहेका छन् ।

ज्यालाको शव बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली नदी किनारमा भेटिएको प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । बिहान ७ बजेतिर स्थानीय बासिन्दाले ज्यालाको शव महाकालीमा तैरिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाइने प्रहरीले जनाएको छ । शवको परीक्षण पनि भारतमै गरिने बताइएको छ ।

ज्याला हिजो भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा महाकालीमा बेपत्ता भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?