+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

तालिबान लडाकु र सशस्त्र समूहबीच भिडन्त, सात बालबालिकासहित १७ जना मारिए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते ११:१२

८ काठमाडौं, काठमाडौं । अफगानिस्तानको हेरात प्रान्तमा तालिबान लडाकु र सशस्त्र समूहबीच भएको छ ।

पश्चिमी प्रान्त हेरातमा भएको भिडन्तमा एक दर्जनभन्दा बढी मारिएको स्थानीय अस्पताललाई उदृत गर्दै स्पुटनिक समाचार माध्यमले जनाएको छ ।

‘तीन महिला, सात पुरुष र सात बालबालिका गरी १७ जनाको शब हेरात प्रान्तको एक अस्पतालमा लगिएको छ’, स्रोतलाई उदृत गर्दै  स्पुटनिकले लेखेको छ, ‘ती सबैको गोली लागेर मृत्यु भएको हो ।’

अफगान अधिकारीका अनुसार तालिबानले हेरातमा आइतबार विशेष कारबाही गरेको थियो । अपहरणमा संलग्न स्थानीय समूहलाई लक्षित गरी भएको उक्त कारबाहीमा कम्तिमा तीनजना अपराधी मारिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?