+
+

दुबईमा राज र वर्षा, तर एकसाथ फोटो शेयर गर्न सकस

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते ११:३०

नायिका वर्षा सिवाकोटी र कलाकार राज कटुवाल केही महिनादेखि प्रेममा छन् । उनीहरु, चाडै नै बिहे गर्ने तयारीमा समेत रहेको चर्चा चलचित्र वृत्तमा चलिरहेको छ । राज र वर्षाले सार्वजनिक रुपमा आफूहरुलाई प्रेमी–प्रेमिकाको रुपमा स्विकार गरेका छैनन् । तर, राज र वर्षाको प्रेम खुल्ला किताब जस्तै भैसकेको छ ।

राज र वर्षा केही दिनदेखि दुबइमा छन् । दुबइमा दशैंको होलिडे मनाउन पुगेका राज र वर्षाले आफ्नो सामाजिक संजालबाट तस्वीर पनि सार्वजनिक गरिरहेका छन् । तर, रोचक कुरा के छ भने यी दुइले एकसाथ भने तस्वीर शेयर गरेका छैनन् । राज र वर्षा दुबइमा आफूहरु एकसाथ नरहेको सन्देश मिडिया र दर्शकलाई दिन चाहन्छन् ।

तर, राज र वर्षाको दुबई यात्रा कोहीबाट पनि लुकेको छैन । दशैंको समयमा नायिका आँचल शर्मा र उनका श्रीमान् उदिप श्रेष्ठ पनि दुबई पुगेका थिए । यसपटकको दशैंको बिदा केही कलाकारले विदेश यात्रामा रमाएर बिताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?