+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रचण्डको टिप्पणी : एमालेले मलाई कति धेरै महत्व दिने रहेछ !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १९:००

९ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले १० औं महाधिवेशन चितवनमा गर्दा आफूलाई फाइदा पुग्ने बताएका छन् ।

आफूलाई महत्व दिएर एमालेले बुटवलमा तय भएको महाधिवेशन चिवतन सारेको भन्दै प्रचण्डले यसले आफूलाई फाइदा पुग्ने बताएका हुन् ।

‘उहाँहरुले यहाँ महाधिवेन गरेर मलाई विजयी बनाउने सुरुवात गर्नुभएको छ भन्ने लागेको छ’ मंगलबार चितवनमा पत्रकारसँग उनले भने, ‘एमालेले मलाई कति धेरै महत्व दिँदो रहेछ भनेर चितवनका जनताले राम्रै बुझ्ने भए नि । प्रचण्डको भूमिका देशमा के रहेछ प्रचण्डको महत्व के रहेछ थाहा पाउने भए ।’

एमालेले चितवनमा महाधिवेशन गर्दा तपाईंलाई कसरी फाइदा हुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रचण्डमाथि केन्द्रित गरेर महाधिवेशन गर्नु आफैंमा फाइदाजनक हुँदैन र तपाईंहरुले कस्तो विश्लेषण गर्नुभएको छ ?’

मंसिरको १० देखि १२ गतेसम्म नेकपा एमालेले पार्टीको १० औं महाधिवेशन चितवनमा गर्ने तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?