+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

करोडौं लगानीको भारी बोक्ने कलाकार टिकटकमा हलुका बन्नु हुँदैन : रमेश उप्रेती

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते १६:५६

२४ कात्तिक, काठमाडौं । नायक रमेश उप्रेतीले चलचित्रका कलाकारहरु सामाजिक सञ्जालमा हलुका बन्न नहुने टिप्पणी गरेका छन् । बुधबार काठमाडौंमा ‘शिखर टिकटक स्टार’को घोषणा कार्यक्रममा बोल्दै उनले कलाकारले करोडौं लगानीको भारी बोक्ने भएकाले टिकटक लगायतका सामाजिक सञ्जालमा हलुका रुपमा प्रस्तुत हुन नहुने बताए ।

‘टिकटक नराम्रो कुरा होइन । तर, यसको सही तरिकाले प्रयोग हुनुपर्छ । यो मानिसको आ–आफ्नो सोचाइको कुरा हो,’ उनले भने, ‘तर, एउटा कलाकारमाथि लाखौं लगानी हुन्छ, करोडौं लगानी हुन्छ भने कलाकार त्यति हलुका बन्नु हुँदैन ।’

रमेशले चलचित्रमा देखिने कलाकार हरेक ठाउँमा सहजै देखिँदा त्यसको महत्व नहुने समेत बताएका छन् । उनले भने, ‘यदि तपाईं नेपाली चलचित्रलाई माया गर्नुहुन्छ, यो क्षेत्रको भलो चाहनुहुन्छ, व्यावसायिक कलाकार बन्न चाहनुहुन्छ भने थोरै भएपनि रिजर्भ बस्नुपर्छ ।’

रमेशले ‘टिकटक स्टार’ भन्ने कार्यक्रमको सोच मन परेर आफू निर्णायकको रुपमा प्रस्तुत हुन लागेको बताए । तर, नेपाली चलचित्रका कलाकारले भने आफूलाई टिकटकमा हलुका बनाउन नहुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?