+
+

जेरार्ड एस्टन भिल्लाको प्रशिक्षकमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २५ गते १६:३८

२५ कात्तिक, काठमाडौं । प्रिमियर लिग क्लब एस्टन भिल्लाले स्टेभन जेरार्डलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

तीन वर्ष स्कटिस क्लब रेन्जर्सका प्रशिक्षक रहेका लिभरपुलका पूर्व कप्तान जेरार्डलाई एस्टन भिल्लाले बिहीबार मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

४१ वर्षीय जेरार्डले रेन्जर्सलाई १० वर्षपछि गत सिजन पहिलो उपाधि दिलाएका थिए । जेरार्डले अब एस्टन भिल्लामा आइतबार बर्खास्तीमा परेका डिन स्मिथको स्थान लिनेछन् ।

एस्टन भिल्ला हाल प्रिमियर लिगमा १६ औं स्थानमा छ र रेलिगेसन जोनभन्दा २ अंकले मात्र माथि छ ।

प्रशिक्षक बनेर प्रिमियर लिगमा फर्किएका जेरार्डले इंग्लिस फुटबलमा एस्टन भिल्लाको इतिहास राम्रो रहेको भन्दै यसको प्रशिक्षक हुन पाउनु गर्वको विषय भएको बताएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?