२७ कात्तिक, काठमाडौं । विश्वकप छनोटमा अर्जेन्टिनाले उरुग्वेमाथि संघर्षपूर्ण जित पारेको छ ।
शनिबार विहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोल अन्तरले हराएको हो । उसको जितमा एन्जल डि मारियाले सातौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
अर्जेन्टिनाका लिओनल मेस्सी अन्तिम १५ मिनेट मात्र खेलेका थिए ।
जितसँगै १२ खेलबाट २८ अंक बनाएको अर्जेन्टिना दक्षिण अमेरिकी छनोट समूहको दोस्रो स्थानमा छ । ३४ अंकसहित शीर्ष स्थानमा रहेको ब्राजिलले कतार विश्वकपमा स्थान बनाइसकेको छ भने उरुग्वे १६ अंकसहित छैटौं स्थानमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4