+
+

एकै परिवारका दुई बालकको विषका कारण मृत्यु

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७८ कात्तिक २९ गते ८:२७
दुई नाबालक छोराको मृत्यु भएपछि परिवारका सदस्यहरु शोकमग्न छन् ।

२९ कात्तिक, रौतहट । रौतहटमा एकै परिवारका दुई बालकहरुको विषका कारण मृत्यु भएको छ ।

रौतहटको देवाही गोनाही नगरपालिका ५ टिकुलियाका सञ्जय मुखियाका ५ वर्षीय छोरा आकाश र ४ वर्षीय छोरा विकासको मृत्यु भएको हो । उनीहरुको उपचारको क्रममा ज्यान गएको हो ।

ती बालकहरुलाई सुरुमा उपचारका लागि गरुडा लगिएको थियो तर स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि वीरगञ्ज लग्दै गर्दा बाटोमै ज्यान गएको हो ।

प्रहरी भन्छ– घटना शंकास्पद

दुवै बालकहरुलाई रिसिवीका कारण गाउँकै स्थानीयले विष खुवाई हत्या गरेको परिवारजनको आरोप छ । प्रहरीले यस घटनालाई शंकास्पद भन्दै गम्भीर अनुसन्धान गरिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) विनोद घिमिरेले भने, ‘बालकहरुको विषका कारण मृत्यु भएको छ । घटना शंकास्पद रहेकाले हामीले अनुसन्धान गरिरहेका छौं, बालकहरुलाई कसले किन विष दियो भन्ने विषयमा हामी गम्भीर रुपमा छानबिन गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?