+
+

सर्वोच्च परिसरमा पत्रकारलाई प्रवेश निषेध

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १०:२८
सर्वोच्च परिसरमा आज सुरक्षार्थ खटिएका प्रहरी ।

२९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै काननु व्यवसायीले जारी राखेको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ ।

आइतबारसम्म पत्रकारहरु सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका थिए । सोमबार भने पास भएका पत्रकारहरुलाई समेत प्रहरीले प्रवेशमा रोक लगाएको छ ।

सर्वोच्च परिसरमा सुरक्षार्थ खटिएका एकजना प्रहरी अधिकृतले अनलाइनखबरसँग भने, ‘माफ गर्नुहोला, आज पास भएका/नभएका सबै पत्रकारहरुलाई प्रवेश गर्न नदिने निर्देशन छ ।’

प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीविरुद्ध नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । आन्दोलनलाई लक्षित गरी सर्वोच्च अदालत भित्र र बाहिरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?