+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धनी मानिससँग विहे गरिदिने भन्दै १३० महिला बेचेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १६:१२

१ मंसिर, काठमाडौं । तालिबानले दर्जनौं महिलालाई बेचेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ ।

धनी व्यक्तिसँग विहे गरिदिने भन्दै उत्तरी अफगानिस्तानका सयभन्दा बढी महिलालाई बेचेको आरोप लागेका एक पुरुषलाई तालिबानले पक्राउ गरेको हो ।

महिला बेचबिखनमा संलग्न रहेको ठानिएका ती व्यक्तिलाई जजजान प्रान्तबाट पक्राउ गरिएको डन डटकमले जनाएको छ । उक्त प्रान्तका प्रहरी प्रमुख दमुल्लाह सेराजले संदिग्ध व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताएका छन् ।

‘हामी छानबिनको प्रारम्भिक चरणमा छौं’, सेराजले भने, ‘यो घटनाबारे थप जानकारी प्राप्त हुने विश्वास गरेका छौं ।’

जजजानस्थित जिल्ला प्रहरी प्रमुख मोहम्मद सर्दार मुबारिजका अनुसार गरिबीसँग वाक्क बनेका विपन्न महिलालाई संदिग्ध व्यक्तिले निशाना बनाएर फँसाएका थिए ।

पक्राउ परेका व्यक्तिले धनी मानिससँग विहे गरिदिने आश्वासन दिएर झण्डै १३० जना महिलालाई अफगानिस्तानका विभिन्न प्रान्तमा लगेर बेचेको प्रहरीको भनाइ छ ।

अफगानिस्तानमा अपराध, नातावाद र भ्रष्टाचार कुनै नौली कुरा होइन । तर बढ्दो गरिबी र अभावका कारण वैधताका लागि तालिबानले गरिरहेको दाबी कमजोर बन्दै गएको छ । ३ महिनाअघि सत्तामा आएयता तालिबानले ठूला शहरमा हुने लुटपाट र अपहरण जस्ता अपराध नियन्त्रण गर्ने प्रयास गरिरहेको छ ।

मंगलबार मात्रै अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले नक्कली कागजात बनाएर राहदानी बनाउने कार्यमा संलग्न ६० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी विभागका कर्मचारी समेत छन् ।

हाल काबुलस्थित राहदानी कार्यालय मर्मत गर्ने भन्दै बन्द गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?