+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

एमाले केन्द्रीय सदस्यमा मकवानपुरका ७ जना आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १९:३३

९ मंसिर, हेटौंडा । चितवनमा हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा मकवानपुरका ७ जना एमाले नेताहरुले केन्द्रीय सदस्य पदमा आकांक्षा राखेका छन् ।

मकवानपुरबाट आयोजक कमिटीका सदस्य एवं एमाले मकवानपुर ईन्चार्ज रामेश्वर राना, बागमती प्रदेश सदस्य एवं पूर्वराज्यमन्त्री जुनेली कुमारी श्रेष्ठ, प्रतिनिधिसभा सदस्य कृष्णप्रसाद दाहाल, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, संविधान सभा सदस्य अनन्त पौडेल, सुवासचन्द्र ठकुरी, जिल्ला समन्वय समिति महासंघ बागमतीका अध्यक्ष रघुनाथ खुलालले केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने तयारी गरेका हुन् ।

ईन्चार्ज राना र राईले जनजातिबाट केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिने भएका छन् । दाहाल, ठकुरी र खुलालले खुल्लाबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेको नेकपा एमाले मकवानपुरले जनाएको छ ।

यसैगरी पौडेलले बागमती प्रदेश भूगोलबाट र श्रेष्ठले महिलाबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी छ । मकवानपुर जिल्लाबाट १९ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चुनिएका छन् ।

मकवानपुरको २ वटा प्रतिनिधिसभा क्षेत्रबाट ८÷८ जना, २ जना मनोनित र एक जना दलित गरेर १९ जना महाधिवेशन प्रतिनिधि चुनिएका छन् ।

त्यसबाहेक सम्पर्क मञ्च बाट एक, केन्द्रीय कमिटीबाट मनोनित दुई, मजदुरबाट दुई जना र तीन जना पदेन गरी २६ जना प्रतिनिधि मकवानपुरबाट रहेको नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?