+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

स्वदेशी पुनर्बिमा कम्पनीलाई एकाधिकार दिने गरी बीमा समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते २०:०६

९ मंसिर, काठमाडौं । बिमा कम्पनीहरुले गर्ने पुनर्बिमामा नियामक निकाय बिमा समितिले प्रत्यक्ष हस्तक्षेप गर्दै नयाँ निर्देशन दिएको छ । समितिले नेपाल पुनर्बिमा र सञ्चालनमा आउने तयारीमा रहेको हिमालयन रि इन्स्यारेन्समा मात्रै पुनर्बिमा गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

बिमा कम्पनीहरुले आफ्ना ग्राहकको बिमा गरेका हुन्छन् । त्यसमा सबै जोखिम आफैं नबोकेर बिमा कम्पनीहरुले त्यो बिमा पुनर्बिमा गर्नुपर्ने हुन्छ । अहिले बीमा कम्पनीहरुले स्वदेशी पुनर्बिमा कम्पनीहरुमा २० प्रतिशत र बाँकी अन्य कम्पनीमा पुनर्बिमा गर्न सकिने व्यवस्था रहेको छ ।  यसले स्वदेशी पुनर्बिमा कम्पनीले बजारमा एकाधिकार कायम हुने अवस्था देखिएको छ ।

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार अब नेपाली पुनर्बिमा कम्पनीहरुले अस्वीकार गरेको अवस्थामा मात्रै विदेशी बिमा कम्पनीहरुसँग पुनर्बिमा गर्न सक्नेछन् । बिमा समितिले हिमालयन रि इन्स्यारेन्सलाई सञ्चालन अनुमति दिएपछि यस्तो व्यवस्था गरेको हो ।

बिमासम्बन्धी विश्वव्यापी मान्यता अनुसार पुनर्बिमा आफ्नै देशमा मात्रै गर्न नहुने प्रचलन छ । एकै पटक ठूलो दावी परे बिमा कम्पनीहरुले थेग्न नसक्ने भएकाले पुनर्बिमा विदेशी कम्पनीहरुमा गर्ने प्रचलन छ । नेपालकै पुनर्बिमा कम्पनीले पनि विदेशबाट व्यवसाय ल्याउने गरेको छ ।

‘जस्तो महाभूकम्पले नेपालमा ठूलो क्षति गर्यो, जति बिमा भएका थिए त्यसको पुनर्बिमा नेपालमा नै भएको भए नेपाली कम्पनीहरुले बेहोर्न सक्दैन थे, टाट पल्टन्थ्यो’ एक कम्पनीका सीईओ भन्छन्, ‘स्वदेशी बिमा कम्पनीहरु जोगाउनका लागि पनि पुनर्बीमा शतप्रतिशत नेपालमा गर्नुहुँदैन ।’

विदेशी कम्पनीहरुमा पुनर्बिमा हुँदा नेपाली बिमा कम्पनीहरुले मात्रै सबै दायित्व बहन गर्नुपर्दैन । अहिले कोरोना बिमामा पनि पुनर्बीमा विदेशमा नभएका कारण एकलाख सर्वसाधारणले भुक्तानी पाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?