+
+

प्रदीपसँग पूजाको सहकार्य, ‘जुलेबी’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १५ गते १७:००

१५ मंसिर, काठमाडौं । नायिका पूजा शर्मा चलचित्रसँगै म्यूजिक भिडियोमा पनि निक्कै व्यस्त छिन् । उनले लकडाउनपछि दर्जनौं भिडियोमा काम गरेकी छन् । पूजाले मोडल प्रदीप लामासँग नयाँ भिडियोमा सहकार्य गरेकी छन् ।

‘जुलेबी’ बोलको गीतको भिडियोमा पूजा र प्रदीपको रोमान्स हेर्न सकिन्छ । यो गीतमा अस्मिता अधिकारी र अमृत घोले लामाको स्वर, शंकर थापा ‘स्माइल’को संगीत , गणेश शाहीको शब्द  छ ।

भिडियोमा प्रदीप लामाको कोरियोग्राफी तथा निर्देशन, सुशान प्रजापतिको छायांकन र कृष्ण भण्डारीकोे सम्पादन छ । भिडियोमा गायक लामाको लगानी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?