+
+

कञ्चनपुरमा पैदल यात्रीलाई ठक्कर दिने कारका चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १९ गते १५:४१

१९ मंसिर, धनगढी। कञ्चनपुरमा पैदल यात्रीलाई ठक्कर दिने भारतीय नम्बरको कारका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत कृष्णपुर नगरपालिका-२ को बंकमा पैदल यात्रीलाई ठक्कर दिने DL1ZC4754 नम्बरको कारका चालक सोही ठाउँका ३९ वर्षीय बिरेन्द्र सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्रबहादुर शाहले चालकलाई पक्राउ गरेपछि स्थानीयले अवरुद्ध पारेको राजमार्ग समेत सञ्चालनमा आएको जानकारी दिए ।

प्रहरीका अनुसार कारको ठक्करबाट मृत्यु भएका स्थानीय ७२ वर्षका तारा नाथका आफन्तले दोषीलाई कानूनबमोजिम कारवाही र पीडितलाई उचित क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका थिए ।

राजमार्ग सुचारु भएसँगै विभिन्न ठाउँका लागि छुटेर कृष्णपुरमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?