+
+

लुम्बिनी प्रदेशमा मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १७:४२

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लुम्बिनी प्रदेशको विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान सञ्चालन गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार पुस महिनामा बैंकले कोटीहवास्थित पशुपति स्कुल र कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो ।

त्यसै गरी बैंकले सुनवल–११, जारगहस्थित नेपाल प्रहरी युक्ति ट्रेनिङ सेन्टरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यत्रमहरुमा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि , बचत खाता लगायत बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको बैंकले जनाएको छ । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पुर्‍याउने उद्दश्य लिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?