+
+

वागमती प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १४ गते १९:१६

१४ पुस, हेटौँडा । वागमतीको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्णराज पन्तले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई पुस ९ गते बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।

आयोगको सदस्यमा मकवानपुरका प्रल्हाद लामिछाने र भक्तपुरका राजु नेपाल पनि नियुक्त भएका छन् । उनीहरु सबैले बुधबार शपथ लिएका हुन् । बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नवनियुक्त पदाधिकारीहरुलाई सपथ गराएका हुन् ।

मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश नीति तथा योजना आयोगमा एक जना उपाध्यक्ष र चार जना सदस्य रहने व्यवस्था छ ।

बाँकी दुई सदस्य पछि नियुक्त गर्ने मुख्यमन्त्री पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?