+
+
Shares

‘हामी तीन भाइ’को गीत रेकर्डिङ बल्ल शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २१ गते १२:२०

२१ पुस, काठमाडौं । कोरोना महामारीको समयमा नै निर्माणको घोषणा गरिएको चलचित्र ‘हामी तीन भाइ’को गीत रेकर्डिङको काम बल्ल शुरु भएको छ । सुलभमणि सापकोटाको शब्द र साप शक्तिको संगीत रहेको ‘झम्के फुली’ बोलको गीतमा गायिका अस्मिता अधिकारी र शक्ति स्वयंले स्वर भरेका छन् ।

अस्मिताको स्वरलाई आधुनिक तथा चलचित्रका गीतमा निक्कै रुचाइएको छ । मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको यो चलचित्रमा सलोन बस्नेत, जान्हवी बस्नेत, शिशिर राणा, विकास चापागाईं, दीक्षा पाण्डे, दीपक मगर, भुवन काफ्ले, नरेन केसी र टेकेन्द्र न्यौपानेको अभिनय रहेको पक्का भइसकेको छ ।

चलचित्रका लागि मुख्य कलाकारको छनोट कार्य जारी रहेको निर्देशक भट्टराईले जानकारी दिए । विक्रम तामाङ कार्यकारी निर्माता रहेको यो चलचित्रमा हिमाल केसीको एक्सन निर्देशन, कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन, मनिष गौतम र रिवाज दाहालको लेखन रहेको छ ।

पारिवारिक प्रेम कथामा तयार हुन लागेको यो चलचित्रमा विनय पौडेल र रामजी राउत मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?